Logo
Logo

फागुन १२ देखि २० जिल्लामा माओवादीको जागरण अभियान


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’ सुरु गर्दैछ । माओवादीको कोशी प्रदेश समितिले यहि फागुन १२ गते झापाको कचनकवलबाट अभियान सुरु गर्ने भएको हो ।

माओवादीको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले फागुन १२ गते कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु हुने हुलाकी राजमार्ग केन्द्रीत अभियान कञ्चनपुरमा पुगेर समापन हुने जानकारी दिए ।

हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा आयोजना हुने कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पार्टीका पदाधिकारी सहभागी हुनेछन् ।

उद्घाटनको दिन बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्नेछ ।
फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना हुनेछ ।

त्यस्तै फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गरी समापन हुनेछ ।

जागरण अभियान फागुन १५ देखि २२ गतेसम्म मधेश प्रदेशमा हुनेछ । जसमा फागुन १५ गते मधेस प्रदेशको सप्तरी, १६ गते सिरहा, १७ गते धनुषा, १८ गते महोत्तरी, १९ गते सर्लाही, २० गते रौतहट, २१ गते बारा र २२ गते पर्सामा भेटघाट र अन्तरक्रिया हुने तय भएको स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

फागुन २३ गतेबाट बागमती प्रदेशमा सुरु हुनेछ । २३ गते चितवन जिल्लास्थित भरतपुरमा सभा तथा अन्तक्र्रिया गर्ने तयारी छ ।
यसैगरी फागुन २४ गतेबाट लुम्बिनी प्रदेशको नवलपरासीबाट अभियान सञ्चालन हुने गरी तयारी भइरहेको छ ।

अभियान चैत २ गते सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन गर्नेगरी तयारी भइरहेको सुदूरपश्चिमका अध्यक्ष हरिराम चौधरीले जानकारी दिए । यद्यपि समय तालिका एक÷दुई दिन तलमाथि पर्न सक्ने उनले बताए ।

लुम्बिनी प्रदेशमा फागुन २९ गतेसम्म अभियान टोली रहेमा चैत १ गते कैलाली र चैत २ गते कञ्चनपुर आएर समापन हुने चौधरीको भनाइ छ । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन ।

प्रतिक्रिया दिनुहोस्