Logo
Logo

सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि


189
Shares

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–६ मा बर्डफ्लु पुष्टि भएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो ।

बर्डफ्लु पुष्टि भएसँगै मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।

मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।

चार किल्ला भित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्