
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीहरु घर फर्किन थालेका छन् ।
युनिभर्सिटीको होस्टलमा बुटवलकी प्रकृति लम्सालको मृत्युपछि कलेज प्रशासनले निकालेका नेपाली विद्यार्थीहरुमध्ये ९५ जना पर्साको वीरगञ्ज नाका हुँदै घर फर्किएका हुन् । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन् ।
घर फर्किनेहरुमा आरती रोही, सालिमी दास, रिसक सिंह, आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह, नवीन मण्डल, ओमप्रसाद पौदार, आदित्य मिश्र, सुलभ पौडेल, आयुष अधिकारी, समिम पौडेल, आकाश शाह, पियुस शाह, विकेश श्रेष्ठ लगायत रहेका छन् ।