Logo
Logo

ओडिसा घटनाको छानबिन भइरहेको छ: उपप्रधानमन्त्री प्रकाशमान


252
Shares

गुलरिया । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भारतको ओडिसा घटनाको सत्यतथ्य पत्ता लगाउन दिल्लीस्थित नेपाली राजदूतावासबाट दुईजना कर्मचारी खटाइएको बताएका छन्।

घटनाको सत्यतथ्य पत्ता लागेपछि मात्र सरकारले कारबाही गर्ने उनले बताए। बर्दियाको गुलरियामा राधाकृष्ण मन्दिर पथ सडकको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

सडकको उद्घाटनपश्चात् पत्रकारसँग उनले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वाविद्यालयमा अध्ययनरत नेपाल विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणबारे छानबिन भइरहेको र रिपोर्ट आएपछि के भएको रहेछ त्यसअनुसार सरकार एक्सनमा जाने बताए।

सरकार र गुलरिया नगरपालिकाको ६ करोडको लागत साझेदारीमा राधाकृष्ण मन्दिर सडक गत आवमा निर्माण सम्पन्न भएको थियो।

गुलरियाको गणेशमान चोकदेखि कृषि विकास बैंक चोकसम्म नालीसहित ४ लेनको करिब एक किलोमिटर सडक निर्माण भएको छ। हुलाकी सडकको आसपासमा मात्र सीमित भएको गुलरिया बजार यो सडक निर्माणसँगै विस्तार भएको छ।

प्रतिक्रिया दिनुहोस्