Logo
Logo

पूर्वराजाको सन्देशले थप बल पुर्‍याएको छ : राजेन्द्र लिङ्देन


630
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले आफूहरूको एजेण्डामा थप बल पुर्‍याएको बताएका छन् ।

वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डा रहेको उनको भनाइ थियो ।

आफूहरू समयदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको लिङ्देनले उल्लेख गरे ।

‘राजाको आह्वानलाई व्यवहारमा लागु गर्ने दुई वटा बाटो छ । एउटा वार्ताको माध्यमबाट र अर्को आन्दोलनको बाटोबाट । राजाको आह्वानबाट समान विचार भएका अन्य व्यक्ति र दलहरूसँग सहकार्य र समन्वय गर्ने बाटो थप खुलेको छ जसको लागि हामी लामो समयदेखि प्रयास समेत गरिरहेका थियौं,’ उनले भने ।

राप्रापाले राजसंस्थाको पुनःस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए । पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत उनले दाबी गरे ।

‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रुपमा राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दु राष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौं,’ उनले भने, ‘त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरू गरिराखेका छौं । पर्सि फागुन ९ गते कास्कीको पोखरामा गण्डकी प्रदेशको सभा रहेको छ । स्वाभाविक रुपमा त्यो सभाभन्दा अगाडि राजाको यो सन्देश आउँदा हामी उत्साहित भएका छौं ।’

प्रतिक्रिया दिनुहोस्