Logo
Logo

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै : यी हुन् छलफलका एजेण्डा


630
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आज बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू रहेका छन् ।

यसअघि मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो ।

एकीकृत समाजवादीको चौथो अन्तरपार्टी निर्देशनमा अनेरास्ववियू र युवा संघका अध्यक्षहरूलाई बिदा दिई कमिटी पुनर्गठन गरिएपछि विवाद देखिएको छ । सम्मानित नेता झलनाथ खनालले बु्धबारको बैठकमा त्यसमा आपत्ति जनाएका थिए । त्यस्तै उनले छापिएर आएको विधानप्रति पनि असन्तुष्टि राखेका छन् ।

सम्मानित नेता महाधिवेशनले निर्वाचित गरेको तर विधान छापिएर आउँदा केन्द्रीय कमिटीले तोक्ने उल्लेख भएकाप्रति उनले असन्तुष्टि राखेका छन् । केन्द्रीय कमिटी बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्