Logo
Logo

‘टाइम्स अफ इण्डिया’काे सम्पादकीय : भारतको सपना अधुरो हुने चेतावनी


2.6k
Shares

काठमाडौं । भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि विकसित परिस्थितिमा भारतीय चर्चित अंग्रेजी पत्रिका ‘टाइम्स अफ इण्डिया’ले सम्पादकीय लेखेको छ ।

पत्रिकाले ‘भारतले आफैंलाई शिक्षित गरोस्’ शीर्षकमा सम्पादकीय लेखेको छ ।सम्पादकीयमा विदेशी विद्यार्थीमाथि गरिएको यस्ता किसिमका अपमानजनक व्यवहारले विदेशी विद्यार्थी आकर्षित गर्ने भारतको सपना अधुरो हुने चेतावनी दिइएको छ ।

सम्पादकीयको नेपाली अनुवाद

प्रकृतिले भारतीय विद्यार्थीबाट उत्पीडन भोगिरहेको गुनासो गरेकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उनको गुनासोलाई बेवास्ता ग¥यो । उनको मृत्युको उचित छानबिन नगरी ‘ब्रेकअप’को कारण देखाउँदै घटनालाई हल्का बनाउने प्रयास गरियो । जब सयौं नेपाली विद्यार्थीले यसको विरोधमा प्रदर्शन गरे, उनीहरूलाई जबरजस्ती रेलवे स्टेशन पु¥याइयो र विश्वविद्यालयबाट टाढै बस्न चेतावनी दिइयो ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा विश्वविद्यालयका दुई कर्मचारीले ‘हाम्रो खर्च नेपालको बजेटभन्दा धेरै छ’ भन्दै अपमानजनक टिप्पणी गरिरहेका देखिन्छन् । यस घटनाले कूटनीतिक रुप लिएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयलाई उठाएपछि भारतको नेपालस्थित दूतावासले हस्तक्षेप ग¥यो । ओडिशा सरकारले हस्तक्षेप गरेपछि विश्वविद्यालयले माफी माग्यो र निष्कासित विद्यार्थीलाई फर्कन आग्रह ग¥यो । ती विवादास्पद कर्मचारीलाई समेत जागिरबाट हटाइएको बताइएको छ ।

२०१३ मा भारतलाई विश्वकै सबैभन्दा जातीय विभेदयुक्त देशमध्ये एक बताइएको सर्वेक्षणलाई धेरैले अस्वीकार गरेका थिए । तर अफ्रिकी विद्यार्थीहरूमाथि यहाँ हुने दुव्र्यवहारले त्यस्ता आरोपलाई झुटो सावित गर्न सकेन । २०१४ मा दिल्लीका एक मन्त्रीले नाइजेरियन नागरिकहरूमाथि ‘रेड’ चलाएको घटना अझै दाग बनेर बसेको छ । त्यस्तै, महामारीका बेला भारतका उत्तरपूर्वी नागरिकहरूलाई ‘चिनियाँ’ भन्दै गरिएको भेदभावले समस्या थप उजागर ग¥यो ।

नेपाल भारतमा अध्ययन गर्न आउने सबैभन्दा ठूलो विदेशी विद्यार्थी समूह हो । २०२१–२२ मा कुल ४६ हजार ८७८ विदेशी विद्यार्थीमध्ये १३ हजार १२६ नेपाली थिए । तर, भारतले सन् २०४७ सम्म ५ लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्य राखे पनि हालसम्म ५० हजारको हाराहारीमै सीमित छ ।

यदि भारतले आफ्नो कमजोरी स्वीकारेर सुधार गर्ने दिशामा अघि बढेन भने, भविष्यमा विदेशी विद्यार्थी आकर्षित गर्ने उसको सपना अधुरै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्