
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा सहभागी हुन पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनी आज बिहान पोखरा जान लागेका हुन् ।
समारोह पोखरा महानगरपालिका– ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए ।














