Logo
Logo

आज पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै


378
Shares

काठमाडौं । पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोह आज हुँदैछ । समारोह पोखरा महानगरपालिका– ३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

समारोहको उद्घाटन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए । समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्