काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ ।

बिहीबार (आज) बिहान) निधन भएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।

५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । दिवंगत सापकोटाको आजै अन्त्येष्टि गरिने भएको छ ।