Logo
Logo
बेलुन विष्फोट घटना

बेलुनमा हावा भर्ने कमलेशलाई साधारण तारेखमा छाड्न आदेश


4.4k
Shares

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

दैनिक हाजिरमा उपस्थित हुनेगरी उनलाई कास्कीले छाड्न आदेश दिएको हो । ३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन कमलेशले बेचेका थिए ।

बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट आएको आगोको झिल्को लागेर विस्फोट भएको थियो । हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन उडाउने क्रममा विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्