Logo
Logo

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


378
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीे बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु सुरु हुने भएको हो ।

बिहीबारका लागि तय भएको बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि स्थगित गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ । बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्