
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
आज बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले मलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।
‘प्यारो प्रधानमन्त्री ज्यु,अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस्,’ उनले लेखेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट नेपाल लगायत देशहरुले विभिन्न शिर्षकमा पाउँदै आएको सहयोलाई ठगी भनेका थिए । त्यस्तै भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा बुटवलकी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाल र नेपालीलाई भिखारी भनिएको थियो ।