Logo
Logo

सशस्त्रका तीन एसएसपी डीआईजीमा बढुवा


4.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)का तीन वरिष्ठ उपरीक्षक (एसएसपी)हरु नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बढुवा सिफारिस समितिले रिक्त ३ डीआईजी पदका लागि बढुवा गर्न नाम सिफारिस गरेको हो ।

सिफारिस सूचीमा पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट रहेका छन् । उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ । त्यसपछि बढुवा स्वीकृत भएर उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्