Logo
Logo

एकीकृत समाजवादीको सदस्यता शुल्क वार्षिक १ सय


567
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी सदस्यता शुल्क वापत सदस्यहरुबाट वार्षिक १ सय रुपैयाँ लिने भएको छ ।

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पेस भएको विधानमा हरेक पार्टी सदस्य र संगठित सदस्यले विधानको धारा २२ बमोजिम पार्टी सदस्यता लिन एक सय र संगठित सदस्यका लागि २ सय तिर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै पार्टी साधारण सदस्यता लिन आवेदन दिन १० रुपैयाँ तिर्नुपर्ने छ भने संगठित सदस्यताका लागि २० रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्