Logo
Logo

एकीकृत समाजवादीमा १३ बुँदे आचारसंहिता- पार्टीविरुद्ध बोल्न नपाइने (पूर्णपाठ)


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका नेता कार्यकर्तालाई आचासंहितामा कडाई गर्ने भएको छ ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीका नेता कार्यकर्तालाई आचारसंहितामा कडाइ गर्ने प्रस्ताव राखेका हुन् । जसमा उनले १३ बुँदे आचारसंहिता तयार पारेका छन् ।

पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइने तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न नपाइने उल्लेख छ ।

पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने छ । नेता कार्यकर्ताको खानपान, रहनसहन, बस उठ सरल र सामान्य हुनुपर्नेछ ।

‘परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ,’ आचारसंहितामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्