Logo
Logo

जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सदाका लागि अन्त्य हुन जरुरी छ : झलनाथ खनाल


819
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रवारबाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘कुनै पनि पार्टी र सङ्घ सङ्गठन संस्थागत, विधिगत रूपमा चल्नुपर्छ । अबदेखि टिके प्रथा सदाका लागि अन्त्य हुन जरुरी छ ।’

त्यस्तै, उनले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गरे । नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्नेमा जोड दिए ।

नेता खनालले अघि भने, ‘स्थायी कमिटीको बैठकले पार्टी र जनसङ्गठनबिच महाधिवेशनपछि गर्नुपर्ने विभिन्न कार्य विभाजनका सिलसिलामा हिजो जे जिम्मेवारी थियो त्यसबाट अन्यत्र जिम्मेवारी दिएर हेरफेर गरेको कुरामा केही भन्नु छैन । तर कस्तो प्रक्रियामार्फत जाने ? गरिरहेको जिम्मेवारी चट्ट छाडेर जाने हो कि कसरी जाने ? यसबारे पद्धति विकास गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्