काठमाडौं । हमासले आज ६ जना इजरायली बन्धकलाई मुक्त गर्दैछ । इजरायली सञ्चारमाध्यमका अनुसार शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची हमासले इसरायललाई पठाएको छ । आज मुक्त हुने सबै बन्धन पुरूष रहेको समाचारमा उल्लेख छ ।

‘टाइम्स अफ इजरायल’का अनुसार मुक्त हुने सूचीमा ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम–तोभ रहेका छन् । उनीमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेका छन् । बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इसरायलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पु¥याएको थियो ।
हमासले ६ जना बन्धक छाडेको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ । यसअघि हमासले ६ जना बन्धक छाडिसकेको छ भने इसरायलले १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ ।
हमासले बिहीबार चारजना इजरायली बन्धकको शव बुझाएको थियो । तर, तीमध्ये एउटा शव बन्धकको नरहेको खुलेको थियो । जसले गर्दा युद्धविराममा फेरि तनाव उत्पन्न गराएको थियो ।
इजरायली अधिकारीले जसको भनिएको हो, उसकै शव पठाउन हमासलाई चेतावनी दिएको छ । इजरायल र हमासबीच माघ ५ गते ४२ दिनको पहिलो चरणको युद्धविराम घोषणा गरेका थिए ।