Logo
Logo

आज पनि बस्दै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक


882
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि काठमाडौंमा जारी बैठकमा आज पनि नेताहरूले आआफ्नो धारणा राख्नेछन् । शुक्रबारको बैठकमा ११ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।

पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू एजेण्डाका रूपमा प्रस्तुत गरिएको छ ।

उनका अनुसार उक्त एजेण्डामा कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले शुक्रबार आ–आफ्ना विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्