Logo
Logo
नेकपा एसको बैठक

यस्तो छ झलनाथ खनालको फरक मत (पूर्णपाठ)


4.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले फरक मत राखेका छन् । शुक्रबारदेखि काठमाडौंमा जारी पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता खनालले आफूलाई ‘सामान्य सदस्य’ भन्दै फरक मत राखेका हुन् ।

पार्टीको विधानले सम्मानित र वरिष्ठ नेता केन्द्रीय कमिटीको बैठकले निर्वाचित गर्नुपर्ने व्यवस्था गरेपछि त्यसप्रति असन्तुष्टि राख्दै उनले आफूलाई ‘सामान्य सदस्य’ भनेका हुन् । पार्टीको १०औं महाधिवेशनको हलले उनलाई सम्मानित नेताका रुपमा अनुमोदन गरिसकेपछि विधानको बखेडा निकाल्दै आफूलाई ‘सामान्य सदस्य’ लेख्ने निर्णयमा पुगेका थिए ।

फाइल फोटो

जारी केन्द्रीय कमिटी बैठकका सहभागीबीच नेता खनालले फरक मत दर्ज गरेका हुन् । १०औं महाधिवेशन गरेर पार्टीलाई ‘टीकेप्रथा’ बाट जनवादी केन्द्रीयताका आधारमा निर्देशित कमिटीहरु बनाउन थालेकामा उनको असन्तुष्टि रहेको छ ।

बैठकअघि नै उक्त पार्टीले अपानि जारी गर्दै अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई दोहोरो जिम्मेवारीका नाममा पदमुक्त गरेको थियो । त्यसपछि अध्यक्ष लामा पक्षीय खेमाले समानान्तर केन्द्रीय कमिटी घोषणाका लागि एक कार्यक्रम आयोजना गरेको थियो ।

सम्मानीत नेता खनालकै प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विवाद व्यवस्थापनका निम्ति फागुन १२ गतेसम्म केही नगर्न भनेपछि उक्त दिन कमिटी घोषणा भएको छैन ।

नेता खनालले फरक मतमा लेखेका छन्, ‘गलत निर्णयलाई सच्याऔँ, पार्टीलाई एकताबद्ध बनाएर अघि बढौं । यो अवस्थामा फेरि टिके प्रथा ठाडो बर्खास्तगी गर्ने, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छँदा खाँदाका कमिटीहरू विघठन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढंगले नियुक्ति गर्ने, संगठनका साथीहरुमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघठनकारी तरिका हो । हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ ।’

उनले अनेरास्वबियूको ३० को दशकमा पार्टी पुनर्गठन भएपछि पुनर्गठन भएको उल्लेख गर्दै भनेका छन्, ‘हामीले जनसंगठन बनायौं, पार्टी र जनसंगठनबीचको सम्बन्ध सञ्चालन गर्ने नीति बनायौँ, पार्टीको सामान्य कार्यदिशाअनुरूप अघि बढ्नुपर्ने उनीहरूको आफ्नै विधान, कार्ययोजना र दैनिक कार्य हुने भूमिगत कालमा नै स्थापित नीति हो । यद्यपि त्यतिबेला पार्टीमा जनवाद भन्दा केन्द्रीयता प्रधान थियो ।’ जनसंगठनहरू अझ बढी स्वायत्त ढंगले अघि बढ्नुपर्ने र आफ्नो संगठन स्वतन्त्र रुपले देशव्यापी बनाउन उनले शुभेच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्