काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति दिनप्रतिदिन असन्तुष्टि र आक्रोश बढ्दै गएको बताएका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई शनिबार प्रशिक्षण दिँदै उनले बताएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै विभिन्न व्यक्तिबाटत सरकार र व्यवस्थाप्रति आक्रोश बढ्न थालेको बताएका छन् । पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा ‘आफ्नो त्यागलाई कमजोरी नठान्नु’ भन्ने चेतावनीसहित जनतालाई साथ दिन आह्वान गरेका थिए ।
त्यही अभिव्यक्तिलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आआफ्नो हिसाबले प्रयोग गर्ने कोशिस पनि गरिरहेका छन् ।’
उनले पूर्वराजा शाको अभिव्यक्तिको टिप्पणी गर्दै इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वले समेत एकचोटी पुनरागमन हुने दिवासपना देखिरहेको बताए ।














