Logo
Logo

सोमबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी


693
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि (सोमबार) पत्रकार सम्मेलन गर्दैछ । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।

प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर केन्द्रीय बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिने जानकारी दिए ।

ललितपुरको जावलाखेलको दुई दिनसम्म बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, अध्यादेश र महासचिव घनश्याम भुसालको आन्दोलनका तत्कालिक योजनालगायतका प्रस्ताव सुझावसहित पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्