Logo
Logo

बाबुरामको सचिवालयमा भित्रिए इन्जिनियर अमित खनाल


2.3k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको सचिवालयमा अमित खनाल नियुक्त भएका छन् । बुटवलका अमित भट्टराईको सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्नेगरी नियुक्त भएका हुन् ।

मेकाट्रोनिक्स इन्जिनियर समेत रहेका खनाललाई आफ्नो सचिवालयमा नियुक्त गरिएको जानकारी भट्टराईले सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पु¥याउन सहयोगी हुने अपेक्षा गरेको बताएका छन् ।

‘युवा मेकाट्रोनिक्स इन्जिनियर तथा डिजिटल क्रियटर अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुशी छु’, डा. भट्टराईले भनेका छन्, ‘नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पु¥याउन सहयोगी हुने अपेक्षा गरेको छु। सबैको सद्भाव र सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्