Logo
Logo

एमसीसी स्थगन हुँदा विप्लव खुसी, ट्रम्पलाई दिए धन्यवाद


693
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसी स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै विप्लवले ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको भन्दै ट्रम्पलाई धन्यवाद दिएका हुन् ।

उनले भनेका छन्, ‘एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’ एमसीसी परियोजना सधैंका लागि खारेज गर्न भन्दै उनले नेपालको विकासमा निःस्वार्थ योगदन गर्न आगह्ह गरेका छन् ।

उनले भनेका छन्, ‘एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं ।’
महासचिव विप्लवले एमसीसी अमेरिकी रणनीति भएको र यसबा नेपाली जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्