काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको प्रहरीले जनाएको छ ।

चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लका अनुसार आगो निभाउन अहिले ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली खटिएका छन् । विस्तृत विवरण आउन बाँकी… ।