काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली पुनः संसद विघटनको बाटोमा रहेको दाबी गरेका छन् । आइतबार प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रवक्ता सापकोटाले यस्तो जिकिर गरेका हुन् ।

‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्थाविपरीत संसद विघटन गरेका थिए’ उनले भने, ‘अहिले फेरि पनि ओली संसद विघटनको बाटोमा अग्रसर भइरहेका छन् ।’
उनले ओली नेतृत्वको सरकारले जनताको पक्षमा एउटै काम भन्दै वर्तमान सरकार असफल सावित भएको बताए । सरकारकै कमजोरीका कारण अहिले संसद कामविहीन भएको पनि उनले बताए ।














