Logo
Logo

मन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन ताकेता


1.4k
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई जिम्मेवारीबाट हटाउन पत्र काटेको छ ।

गुरुङले मन्त्रालय र मन्त्री दिपक खड्काबारे सामाजिक सञ्जालमा गैर जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै उनलाई सो जिम्मेवारीबाट तत्काल हटाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयले निर्देशन दिएको हो ।

‘नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल गरी निर्देशन समेत भएकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१–११–८ को सविस्तारको निर्णयअनुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्