Logo
Logo

अछाममा १२ वर्षीया बालिका बलात्कृत, अस्पताल गएपछि बाहिरियो घटना


1.8k
Shares

अछाम । अछाममा एक १२ वर्षीया बालिका बलात्कृत भएकी खुलेको छ । बिरामी भएर अस्पताल पु¥याउँदा बालिकाको पेटमा गर्भ रहेको पाइएपछि उनीमाथि बलात्कार भएको सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार बालिकामाथि ४/५ महिना अघि नै बलात्कार भएको खुलेपछि उनका आफन्तले प्रहरीमा जाहेरी दिएका छन् ।

बालिकाको पेट फुल्दै गएपछि उपचारका लागि परिवारले अस्पताल लगेका थिए चेक जाँचपछि गर्भवती रहेको र उनीमाथि बलात्कार भएको घटना खुलेको डिएसपी भण्डारीले बताए ।

चार÷पाँच महिनाअघि पीडित बालिकाको परिवार भारतमा बसेका थिए । त्यसैले बालिकामाथि भारतमै बलात्कार भएको बताइएको छ । बालिकामाथि भारतमै आफन्तले बलात्कार गरेको भन्दै फागुन ४ गते बालिकाको परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

बालिकालाई भने उपचारका लागि धनगढी पठाइएको छ । घटनास्थल भारतमा भएकाले आरोपित व्यक्तिलाई पक्राउ गर्न भारत प्रहरीसँग समन्वयन भइरहेको डिएसपी भण्डारीले बताए । बलात्कारको आरोप लागेका व्यक्ति हाल सम्पर्कविहीन रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्