Logo
Logo

पूर्वराजालाई कांग्रेस सांसदको चुनौती- सत्तामा फर्किने इच्छा भए चुनाव लड्नुस्


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए २०८४ को चूनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै सत्तामा फर्किने इच्छा भए २०८४ को चूनावमा भाग लिन सुझाव दिएका हुन् ।

उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले नभइ जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने चेतावनी दिए । मुलुकमा लोकतन्त्रको बिकल्प लोकतन्त्रमात्रै भएकाले कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार स्वीकार्य नभएको सांसद न्यौपानेको भनाइ छ ।

उनले संसद जनताको आवाजको थलो भन्दा पनि आरोप–प्रत्यारोपको थलो बन्दै गएकाले लोकतन्त्रीक गणतन्त्रका लागि लडेकाहरु सचेत हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्