Logo
Logo
प्युठान घटना

प्रहरी निष्कर्ष- घन प्रहार गरेर दम्पतीको हत्या


3.4k
Shares

दाङ । प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलेको छ । माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए ।

प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार परियार दम्पतीमाथि घन प्रहार भएको पुष्टि भएको छ । हत्यामा प्रयोग भएको घन घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा भेटिएपछि दम्पतीको हत्या घन प्रहारबाट भएको प्रहरी निष्कर्षमा पुगेको हो ।

डिएसपी बस्यालका अनुसार दुवै मृतकको शरीर र टाउकोमा गम्भीर चोट देखिएको छ । घटना अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाइएको छ भने केहीलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

डीएसपी बस्यालले शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेकाका बताउँदै भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’ घरमा घरमा बुढाबुढी मात्रै बस्दै थिए । उनीहरुका चार छोरा भारतमा रहेको र दुई छोरीको बिबाह भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्