Logo
Logo

पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ : राजेन्द्र लिङ्देन


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका छन् ।  

आइतबार प्रतिनिधिसभा बैठकमा लिङ्देनले आफु निरन्तर गणतन्त्रको विरोधमा उभिइरहने भन्दै गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका हुन् । पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले बताए ।

‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ लिङ्देनले भने, ‘तसर्थ मलाई जसले जति विरोध गरोस्, गणतन्त्र जसले लडेर ल्याएको होस या विदेशीको बुइ चढेर ल्याएको होस् विरोध गरिरहन्छु ।’

उनले लडेर वा विदेशीको बुई चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने निरन्तर विरोध गरिराख्ने उल्लेख गरे । उनले पाथीभरामा केबलकार निर्माणलाई रोक्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रतिक्रिया दिनुहोस्