Logo
Logo

पूर्वराजालाई सांसदको चुनौती- हिम्मत भए ०८४ मा चुनाव लड्न आउनुस्


819
Shares

काठमाडौं : नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिम्मत भए २०८४ को आमनिर्वाचन लड्न आउन चुनौती दिएकी छन्।

आइतबारको प्रतिनिधिसभामा बोल्दै उनले प्रजातन्त्र दिवसमा पूर्वराजाले दिएका अभिव्यक्ति र त्यसपछि पक्ष र विपक्षमा भएको बहसले तरंग त सिर्जना गरेकाे बताइन् ।

यस्तो छ पूर्वराजालाई सांसद न्यौपनेको चुनौती–

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले व्यक्त गरेको विचारलाई लिएर तरंग त सृजना भयो नै । यसको पक्ष विक्षमा मतहरू छताछुल्ल भए । यो व्यवस्था बेठिक हो भनेर ठूलो डंका पिटेको दृश्य देख्न पाइयो । जसले याे अवस्था ल्याउने कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा भने उठाए ।

तर विडम्बना तीनैले यहाँ संविधानकै भावनाविरीत यो व्यवस्थाकै विपरीत गतिविधि गरिरहेको देख्दा २०६२÷०६३ को जनआन्दोल र गणतन्त्रका लागि मर्न तयार जनतालाई सम्झिरहेको छु। लोकतन्त्रमा बोल्न मज्जाले पाइन्छ । तर समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई हुँदैन ।

…कुनै बहानामा गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन । लोकतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी छ ।

…सत्तामा फर्कने चाहना छ भने टिका लगएर वा कसैको कृपाले होइन, नगारिकले पाउने अधिकार र सुविधाको उपभोग गर्दै २०८४ को निर्वाचना भाग लिने हिम्मत गर्नुस् । होइन भने कहिल्यै पुरा नहुने, झर्ला र खाउँला भन्ने सोचाइ त्यगिदिनुस्।

प्रतिक्रिया दिनुहोस्