Logo
Logo

चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने माओवादीको निर्णय


1.6k
Shares

काठमाडौं नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरूको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ ।

शनिबारदेखि काठमाडौँमा सुरु भएको विज्ञसहितको भेलाले चैत मसान्तसम्म सातै प्रदेशमा वडास्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरेको महासचिव देव गुरुङले जानकार दिए ।

स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणमा जनप्रतिनिधिको तर्फबाट ९ जनाले अनुभूतिजन्य रिपोर्ट प्रस्तुत गरेका थिए । भेलालाई समापन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञले दिएको सुझाव, केन्द्रीय समिति बैठकले पारित गरेको दस्ताबेज, पार्टीको घोषणापत्रको आधारमा काम गर्न प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए ।

स्थानीय तहमा, सुशासन र समृद्धिको पक्षमा जनताले प्रश्न उठाउन नसक्ने गरी राम्रो काम गर्न अध्यक्ष प्रचण्डले जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।

भेलामा प्रतिनिधिले आ-आफ्ना पालिकामा भएका अनुभव, सेवा प्रवाहमा देखिएका समस्या, कानुनी तथा वित्तीय अप्ठ्याराबारे रिपोर्टिङ गरेका थिए । भेलामा माओवादीले जितेका १२३ पालिका प्रमुख/अध्यक्ष र १३४ उपप्रमुख/उपाध्यक्ष, सम्बन्धित पालिकाका पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज/अध्यक्षहरूको सहभागिता रहेको थियो । अध्यक्ष प्रचण्डको सम्बोधन, जनप्रतिनिधिहरू रिपोर्टिङ सकिएपछि विज्ञहरूले स्थानीय तहका विकास मोडेलबारे अवधारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्