Logo
Logo

रिंकु सदाय मृत्यु प्रकरणमा ८ जना पक्राउ


1.2k
Shares

काठमाडौं । सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर-१ बस्ने १७ वर्षीय किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा ८ जना पक्राउ परेका छन् ।

माघ ३० मा रिंकुकुमारी सदा घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । उनको मृत्युअघि ‘बलात्कार’ घटना मिलाउन भनेर छलफल गराउने पञ्चहरूसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पञ्चायत बस्ने र घटना मिलाउन भूमिका खेल्नेहरू छन् । प्रत्यक्षदर्शीहरूलाई पनि प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ । उनीहरू संलग्न देखिए मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्