Logo
Logo

स्वास्थ्य मन्त्रालयमा २ सचिव रिक्त, यी हुन तीन प्रतिस्पर्धी


3.4k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव र अतिरिक्त सचिव पद रिक्त भएको छ । स्वास्थ्य सचिव डा.रोशन पोखरेल र मन्त्रालयमै कार्यरत अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंह अनिवार्य अवकाशमा गएपछि दुई पद रिक्त भएको हो ।

रिक्त दुई पदमा बढुवाका लागि मन्त्रालयमै कार्यरत अतिरिक्त सचिव डा.सङ्गीता कौशल मिश्र, डा.विकास देवकोटा र डा.टङ्क बाराकोटी प्रतिस्पर्धामा छन् । सचिव बढुवाको पहिलो बरीयतामा डा.सङ्गीता कौशल मिश्र रहेकी छन् । उनी मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा छन् ।

दोस्रो बरीयतामा डा.विकास देवकोटा र तेस्रो बरीयतामा डा.टङ्क बाराकोटी छन् । देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् भने बाराकोटी मन्त्रालयका अतिरिक्त सचिवको जिम्मेवारीमा छन् ।

देवकोटा र बाराकोटी एकैपटक अतिरिक्त सचिव भएका भए पनि डा.मिश्र भने उनीहरु भन्दा करिब १० महिना अघि नै अतिरिक्त सचिवमा बढुवा भएकी थिइन । कौशलसँगै अतिरिक्त सचिवमा बढुवा भएका डा.गुणराज लोहोनी र डा.श्यामसुन्दर यादव ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् ।

देवकोटा महानिर्देशक रहेको स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी मिश्रले यस अघि एक बर्ष सम्हालिसकेकी छन् । बाराकोटी भने मन्त्रालय अन्तरगतको सबैभन्दा बलियो निकाय विभागमा अहिलेसम्म महानिर्देशक भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्