Logo
Logo

युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक छ : जेलेन्स्की


एजेन्सी

1.3k
Shares

किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी नेता भ्लादिमिर पुटिनबीचको कुनैपनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताएका छन् ।

‘युक्रेनी सुरक्षा चिन्ताहरूमा सम्झौता गर्न हामीले यसका बारेमा भेट्न र कुरा गर्न आवश्यक छ । मलाई लाग्छ कि यो बैठक निष्पक्ष हुनुपर्छ, जसको अर्थ ट्रम्पले पुटिनलाई भेट्नुअघि’, जेलेन्स्कीले आइतबार किभमा पत्रकार सम्मेलनमा भने । उनले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि बताए ।

किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र संयुक्त राज्य अमेरिका दुवैको समर्थन आवश्यक रहेको बताए ।

जेलेन्स्कीले भने, ‘यदि यो युक्रेनको शान्तिको लागि हो वा नेटो सदस्यताको लागि हो भने म खुसीसाथ राष्ट्रपति पद त्याग गर्न तयार छु । यदि तपाईं मलाई पद छोड्न चाहनुहुन्छ भने, म त्यसको लागि तयार छु । तर यसको अर्थ हामीले शान्ति र सुरक्षा ग्यारेन्टीको हुनुपर्छ । र, हामीले नेटोको सदस्यता पाउँनुपर्छ ।’

सोमबारदेखि युक्रेनमा युरोपेली देशका नेताहरूको बैठक हुने तय भएको छ । यसबारे उनले त्यहाँ केही कठिन निर्णय लिनुपर्ने बताए । ‘त्यहाँ नेताहरूले आगामी वर्षको लागि, हप्ताहरू भन्दा आफ्नो रणनीतिको बारेमा छलफल गर्नेछन् । उनीहरूले युक्रेनको लागि सुरक्षा ग्यारेन्टीको बारेमा पनि कुरा गर्नेछन्’ उनले भने ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न साउदी अरेबियामा रुससँग वार्ता गर्ने बताएका थिए। वार्ताको मिति अझै घोषणा गरिएको छैन तर अमेरिकाले युक्रेनलाई अझैसम्म यसका लागि आमन्त्रित गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्