
काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका–२ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३.१ स्केल रेक्टरको भूकम्प गएको जानकारी दिएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको छ ।














