काठमाडौं । महाशिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन् । महाशिवरात्री निजिकिएसँगै साधुहरु पशुपति आएका हुन् ।

बुधबार महाशिवरात्री पर्व रहेको छ । महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नका लागि भारतलगायत विभिन्न स्थानबाट साधुहरु अहिले पशुपतिमा आउनेक्रम जारी छ ।

पशुपति विकास कोषका अनुसार पछिल्लो समय पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने साधुहरुको संख्या बढ्दै छ । शिवरात्री पर्वका लागि पशुपतिको मन्दिरभित्र आज साधुहरु प्रवेश गर्दैछन् ।
उनीहरुले आज पशुपति क्षेत्र आसपासमा ¥याली निकालेका छन् । महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको विकास कोषले जनाएको छ ।

