
काठमाडौं । संघीय संसदअन्र्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
मध्यान्ह साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै, पौने १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयन अवस्थाबारे अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।














