Logo
Logo

सम्पदा संरक्षण र प्रवर्द्धन गर्न प्रचण्डको अपिल


189
Shares

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन् ।

मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे ।

जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका प्रचण्डले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गरेका हुन् ।

उनले आजै कचनकवलको हुक्काहुक्की चोक बनियानीबाट अभियानको शुभारम्भ गर्दैछन् । झापाबाट सुरु भएको अभियान कञ्चनपुरमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्