
काठमाडौं । ललितपुर महानगरपालिकाले ५ नम्बर वडा कार्यालय भवनमाथि डोजर चलाएको छ ।
महानगरले आज लगनखेलको ‘न्हु पोखरी’ संरक्षण र विस्तार गर्न पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन र लगनखेल चोकसम्म अनधिकृत रुपमा बनेका संरचना भत्काएको हो ।
ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुले ऐतिहासिक पोखरी पुनर्निर्माण गर्नका लागि अस्थायी र अनधिकृत भवन हटाउन लागिएको बताए ।