Logo
Logo

खाँदबारी-किमाथाङ्का सडकमा पहिरो, विशाल ढुंगा बाटोमै थुप्रियो


252
Shares

खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार सडकमा ठूला ठूला ढुङ्गा थुप्रिएपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट १०९ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्