Logo
Logo

पाथीभरा केबलकार निर्माण विवाद वार्तामार्फत समाधान गर्न सांसदको जोड


315
Shares

काठमाडौं । सांसद रञ्जुकुमारी झाले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले स्थानीयलाई दमन गरेर नभइ सहकार्य गरेर सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताइन् । सांसद झाले सरकारसँगै आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणप्रति सचेत रहन आग्रह गरिन् ।

त्यस्तै सांसद झाले मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्