Logo
Logo

यस्ता छन् एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)


2.8k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालेको छ ।

फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

त्यस्तै, बैठकले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । बैठकले आन्दोलनका कार्ययोजना पारित गरे पनि स्वरूपबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको हो ।

केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो ।

पारित समसामयिक प्रस्तावको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्