Logo
Logo

माओवादीको जागरण अभियान : यस्ता छन् आज मोरङमा तय भएका कार्यक्रम


1.3k
Shares

काठमाडौं । सोमबार झापाबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित ‘तराई–मधेश जागरण अभियान’ मोरङ आइपुगेको छ ।

जसमा अभियान अन्तर्गत आज मोरङमा १० स्थानमा कार्यक्रम तय भएको छ । आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ ।

त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी ६ को रमाइलो बजारमा जनसभा हुनेछ ।

रमाइलोको सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका –९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ ।

दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्