Logo
Logo

म्याग्दी केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प गयो


882
Shares

काठमाडौं । म्याग्दी केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प गएको छ । आज (मंगलबार) बिहान ९ बजेर १८ मिनेट जाँदा जिल्लाको मुना भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । त्यस्तै ९ बजेर ३६ मिनेटमा मुरी केन्द्रबिन्दु बनाएर अर्को ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको छ । यसअघि सोमबार बिहान लमजुङको मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्