काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप भएको छ ।

स्थानीय दुई समूहबीचको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । प्रहरीका अनुसार झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ ।
आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट एक कवार्ड गोदाममा समेत क्षति पुगेको छ ।
झडपमा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । दुई समुदायका युवा युवतिबीच प्रेम विवाह भएको विषयले विवादको रुप लिँदा झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ बिबाहित धोवी थर भएका युवकका भाइ काम विशेषले बेलासपुर आउँदा सोवराती पवरियासहितको समूहले कुटपिट गर्दा झडपको अवस्था सिर्जना भएको हो ।
मंगलबार बिहान कुटपिटको कारण सोध्दै केटा पक्षको युवतीका माइती पक्षको घरमा पुग्दा दुई समूहबीच झडप सुरु भएको प्रहरीद्ये जनाएको छ । दुई समूहबीच झडप हुँदा केटा पक्षको समूहमाथि अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि गाडी दौडाउँदा दुई जना घाइते भएको र घाइते केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको प्रहरीको छ ।
प्रहरीका अनुसार झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप ५० जना प्रहरी खटाइएको छ ।