
एजेन्सी । सुडानको राजधानी खार्तुमको बाहिरी इलाकामा मंगलबार एक सैन्य विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
अप्रिल २०२३ देखि अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेससँग युद्धमा रहेको सुडानी सेनाले हवाई अड्डाबाट उडान भर्ने क्रममा विमान बस्तीमा दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको हो । त्यसमा सैन्य कर्मचारी र सर्वसाधारण दुवैको मृत्यु बताइएको छ ।
दुर्घटना ग्रेटर खार्तुमको भाग ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र मध्ये एक वादी सेइदना हवाई अड्डा नजिकै भएको थियो । मृतक १० जनाको शव र घाइतेहरूलाई उपचारका लागि ओमडरमनको अल–नाओ अस्पताल लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुलदे उल्लेख गरेका छन् ।
विमान खसेको ठाउँमा रहेका धेरै घरहरूमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उत्तरी ओमडरम्यानका बासिन्दाहरूले दुर्घटनाबाट ठूलो विस्फोट भएको रिपोर्ट गरेका छन्, जसले गर्दा दुर्घटनास्थल वरपर बिजुली पनि अवरुद्ध भएको छ ।