
वालिङ । स्याङ्जामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा दुर्घटना हुँदा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका चालकको गएराति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा सहचालक पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने २३ वर्षीय राधेश्याम बस्याल घाइते भएका छन् । उनले पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । भ्यानमा चालकसहित चार जना सवार थिए ।














