
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक फागुन १८ गते (आइतबार) दिउँसो २ बज बस्नेगरी बैठक बोलाइएको हो ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले आइतबार दिउँसोका लागि सचिवालय बैठक तय भएको जानकारी दिए । सचिवालय बैठकको एजेन्डा भने १७ गते बस्ने केन्द्रीय कार्यालय बैठकले तय गर्ने उनले बताए ।














